पर्सामा अनियमितता र भ्रष्टाचार विरुद्ध जेनजी यूथ फोर्सको कदम

पर्सा जिल्लामा भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि जेनजी यूथ फोर्सको जिल्ला स्तरीय बैठक मंगलबार वीरगंजमा सम्पन्न भएको छ। बैठकले जिल्लाका विभिन्न पालिका र वडामा भइरहेको भ्रष्ट गतिविधि उजागर गर्ने र संलग्न जनप्रतिनिधि तथा कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।

संगठनका विशेष सदस्य साहले भने, “अब सहने समय सकिएको छ। पालिकामा अनियमितता गर्नेहरूलाई सार्वजनिक गरिनेछ र युवाहरू परिवर्तनका लागि सक्रिय हुनेछन्।” बैठकमा युवाहरूको सहभागिता बढाउने, संगठन सशक्त बनाउने र युवा नेतृत्व विकासमा जोड दिने विषयमा पनि व्यापक छलफल भएको थियो।

बैठकले छिट्टै टोल, वडा, पालिका, महानगरपालिका र जिल्ला स्तरमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिइयो। यस पहलले पर्सामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने दिशामा युवाहरूको सक्रिय भूमिका बढाउने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित