छात्रालाई अनैतिक सम्बन्धको दबाब : मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ

वीरगंजस्थित मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारी छात्रालाई अनैतिक सम्बन्ध राख्न दबाब दिएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दी रहेका छन्।

प्रहरीका अनुसार गद्दीले एक छात्रासँग सुरुमा सहयोग गर्ने बहानामा सम्पर्क बढाएका थिए। पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउँदै अनैतिक सम्बन्ध राख्न दबाब दिएको र प्रस्ताव अस्वीकार गरेपछि परीक्षामा अङ्क घटाइदिने धम्की दिएको आरोप लागेको छ। स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभन समेत देखाएको उजुरीमा उल्लेख छ।

पीडित छात्राले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा मा चैत १४ गते उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि आरोपित फरार भएका थिए भने जिल्ला प्रहरी कार्यालय पर्सा को टोलीले खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित