पेट्रोल मा ११ का दर ले गिरावट !

बिरगंज । नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

समायोजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।

यो मूल्य १५ दिनअगाडि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्यका आधारमा समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ । इजरालयमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा भने प्रतिब्यारेल तेलको मूल्य ९०.८ डलर बढेको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित