प्रधानमन्त्री शाहको समर्थनमा वीरगञ्जमा युवाहरुद्वारा वृक्षारोपण

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का जेन–जी युवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह को समर्थनमा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन्।

भिस्वा डाँडा क्षेत्रमा आयोजित कार्यक्रममा युवाहरूले बालेन्द्र शाहको नाममा बिरुवा रोप्दै उनको नेतृत्वमा भइरहेको कार्यप्रति समर्थन जनाएका हुन्। कार्यक्रममा सहभागी युवाहरूले वातावरण संरक्षणसँगै सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताएका छन्।

कार्यक्रम सञ्चालन प्रविण मणिपाल र मुकेश यादवले गरेका थिए। कार्यक्रममा एस.टि.पि खबर का सञ्चालक दीपेन्द्र कुमार सिंह तथा सञ्चारकर्मी मिथुन सर्राफको उपस्थिति रहेको थियो।

कार्यक्रममा ज्ञानेन्द्र सर्राफ र बब्लु सिंहले सहयोग गरेका थिए। सहभागीहरूले यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित