पिन्की यादव सहमहासचिव मा मनोनीत

लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एकजना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । जसमा महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताकाे जिम्मेवारी पाएका छन् । नेता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सहअध्यक्षको जिम्मेवारी दिइएको छ ।

kfc
Tata
Folliderm
नेताहरु उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष रहेका छन् भने उपाध्यक्ष १५ जना रहेका छन् । त्यस्तै १६ जनालाई महासचिवको जिम्मेवारी दिइएको छ भने यसअघिका वरिष्ठ उपाध्यक्ष राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

Laxmi sunrise bank
त्यस्तै, सहमहासचिव पिन्की यादव सहित ८जना , सचिव ११ जना, प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना रहेका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर लोसपा नेपाल गठन भएको दुई वर्षभन्दा बढी समय बितेपछि मात्र यो केन्द्रीय समितिको नामावली बाहिर आएको हो । आज बसेको शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको नामावाली सार्वजनिक गरेका हो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित