वीरगञ्जमा बालिकामाथि यौन दुर्व्यवहारको प्रयास : ५० वर्षीय इस्माइल मियाँ पक्राउ

वीरगञ्ज महानगरपालिका मा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–८ दुर्गा रोड क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

परिवारका अनुसार बालिका पुरानो बाँकी रकम तिर्न पसलमा गएकी बेला ती व्यक्तिले पसलभित्र लगेर अनुचित व्यवहार गर्न खोजेको आरोप छ। बालिकाले प्रतिकार गर्दै त्यहाँबाट उम्किएर घर पुगेर परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्।

घटनापछि परिवारले वडा प्रहरी कार्यालय बिर्ता मा निवेदन दिएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। नाबालिकासँग सम्बन्धित संवेदनशील घटना भएकाले प्रहरीले कानुनी प्रक्रिया अनुसार आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित