वीरगञ्ज भन्सार कार्यालय हुँदै ६ महिनामा १८ अर्बको गाडी तथा पार्टपूर्जा आयात

वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको ६ महिनामा १८ अर्ब १५ करोड रुपैयाँ बराबरका गाडीहरु तथा पार्टपूर्जा आयात भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गएको वर्षको तुलनामा गाडीको आयात ह्वात्तै बढेको बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा गाडी आयातबाट मात्रै १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकी गएको आर्थिक वर्षको त्यही अवधिमा १२ अर्ब ७७ करोड रुपैयाँको गाडी भित्रिदा १० अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९३ करोड रुपैयाँका ४ सय ३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी चार अर्ब ५६ करोड मूल्यका ३२ हजार ३ सय ३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ । १ अर्ब छ करोड मूल्य पर्ने ३ सय ८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ ।

त्यसैगरी १ अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७ सय ९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । १ अर्ब ३६ करोड मूल्य पर्ने ४ सय ५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित