पर्सामा २८५२ निर्वाचन प्रहरी भर्नाका लागि एकीकृत सूचना जारी

निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) भर्नासम्बन्धी एकीकृत सूचना जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्लाका लागि कुल २८५२ जना निर्वाचन प्रहरी आवश्यक रहेको छ। योग्यता पुगेका नेपाली नागरिकले २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (सार्वजनिक बिदा समेत) दरखास्त दिन सक्नेछन्।

दरखास्त फारम जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट प्राप्त गरी सोही स्थानमा बुझाउन सकिनेछ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ।

छनौट प्रक्रिया २०८२ पुस ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने, अन्तिम नतिजा पुस १२ गते प्रकाशन गरिने तथा तालिम पुस १५ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ भने नेपाल प्रहरी जवानको सुरुआती तलब बराबर प्रतिदिन ८६९ रुपैयाँ ४० पैसा उपलब्ध गराइनेछ।

अन्य सेवा सुविधा तथा शर्तहरू निर्वाचन प्रहरी भर्ना, छनौट तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार लागू हुने जनाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित