वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा दुई जना किशोरमाथि सामूहिक रूपमा छुरा प्रहार भएको छ।
छुरा प्रहारबाट सोही वडाका वीरज महतो र विकास कुमार महतो घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार उनीहरू आगो तापिरहेका बेला एक समूहमा आएका व्यक्तिहरूले अचानक कुटपिट गर्दै छुरा प्रहार गरेका थिए।
घटनापछि स्थानीयको सहयोगमा घाइते किशोरहरूलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको हो।
अहिले दुवै किशोरको उपचार भइरहेको छ। घटनाको कारण खुल्न बाँकी रहेको छ भने संलग्न व्यक्तिहरूको खोजी र पहिचानका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।







Discussion about this post