वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु तोकिएको समय बिहान ८ बजे सकिए पनि तत्काल नहटाइ आज दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षाको अवस्था पूर्ण रूपमा सहज नदेखिएकाले कर्फ्यु अवधि बढाउने निर्णय गरेको हो।
प्रशासनका अनुसार सम्भावित अप्रिय घटनालाई रोक्न संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
वीरगञ्जका प्रमुख चोक, बजार क्षेत्र र आवतजावत हुने स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ भने निगरानीसमेत बढाइएको छ।
जिल्ला प्रशासन कार्यालयले परिस्थितिको निरन्तर समीक्षा भइरहेको जनाउँदै सर्वसाधारणलाई संयमित रहन, अफवाह नफैलाउन र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
प्रशासनले दिउँसो १ बजेपछि अवस्थाको पुनः मूल्याङ्कन गरी कर्फ्यु खुकुलो पार्ने वा थप निर्णय गर्ने जनाएको छ।







Discussion about this post