चिसो मौसम बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा निजी विद्यालयमा तीन दिनका लागि जाडो बिदा घोषणा गरेको छ ।
महानगरपालिकाले सोमबारदेखि पुस ७ गतेदेखि पुस ९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द रहने जानकारी दिएको छ ।
तराई–मधेसमा एक सातायता हुस्सु र चिसो हावा बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक ज्यालामा काम गर्ने वर्ग बढी समस्यामा परेका छन् ।







Discussion about this post