बिरगंज मा गृहमन्त्री लाइ बिरोध गर्ने 5 जाना पक्राउ

वीरगंज
गोरु काटनेलाई सरकारले कारवाही नगरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीरगंज आएको बेला आज विहान साढे ९ बजे जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि सांकेतिक विरोध गर्दा वीरगंजका ५ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज-१ छपकैयाका २५ वर्षिय विशाल कुमार,वीरगंज-१० रानीघाटका ३७ वर्षका मुन्ना कुमार साह,वीरगंज-५ का ३० वर्षका प्रज्वल डंगोल,वीरगंज गहवाका २५ वर्षिय राज गुप्ता,वीरगंज-१६ नगवाका २७ वर्षिय दिपेन्द्र कुमार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हिन्दुवादी संगठनसंग आबद्ध ती युवकहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।उनले किन विरोध गरेको विषयमा सोधपुछ गर्ने काम भइरहेको जनाइएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित