काठमाडौं । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसोदेखि रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ ।
यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।







Discussion about this post