वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवसँग जोडिएको क्यासिनो प्रकरणमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको भिडियोले घटनालाई थप चर्चामा ल्याएको छ।

सार्वजनिक भिडियोमा यादव क्यासिनोको जुवाको टेबलमा एक युवतीसँग बसेको देखिएको दाबी गरिएको छ। यसअघि यादव पक्षले आफूहरू क्यासिनोमा ‘हेर्नका लागि मात्र’ प्रवेश गरेको दाबी गर्दै आएको थियो।

यादवका पिता हिरालाल यादवले छोरामाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गर्दै उनी जुवा तथा अन्य कुलतमा नलागेको बताएका थिए। तर, भिडियो सार्वजनिक भएपछि उक्त दाबीमाथि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका छन्।

यादवसहित आठ नेपाली नागरिकलाई वीरगञ्जस्थित क्यासिनोमा जुवा खेलेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट छ दिनको म्याद थप गरिएको छ।

अब अनुसन्धानमा उनीहरू क्यासिनोमा प्रवेश गर्नुको उद्देश्य मात्र नभई जुवाको टेबलसम्म कसरी पुगे, कसले प्रवेश गराएको थियो र त्यहाँ वास्तविक रूपमा के गतिविधि भएको थियो भन्ने विषय पनि महत्वपूर्ण बन्ने देखिएको छ।

यद्यपि, सार्वजनिक भिडियोको वास्तविकता, त्यसको समय तथा घटनाको सम्पूर्ण विवरण अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित