वीरगंज महानगरमा आज शोक बिदा

वीरगन्ज महानगरपालिकाले कार्यालय सहयोगी राजुकुमार थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज शोक बिदा दिएको छ।

थापा पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहेकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको हो। उहाँ २०५२ साल माघ १२ गतेदेखि वीरगन्ज महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा निरन्तर सेवा गर्दै आउनु भएको थियो।

उनको निधनले महानगरपालिका परिवार तथा कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। महानगरपालिकाले दिवङ्गत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

शोकको अवसरमा शुक्रबार बिहान ११ बजे महानगरपालिकाको प्राङ्गणमा शोक सभा आयोजना गरिएको थियो। सभामा महानगर प्रमुख, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिकाका सबै सेवा बन्द रहनेछन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित